अर्थतन्त्र

बिहीबार चार सयलेे घट्याे सुनकाे मूल्य

काठमाडाैं । विहीबार पनि सुनकाे मूल्य घटेकाे छ । आज प्रतितोला ४०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला मूल्य ९२ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला मूल्य ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम थियो ।

चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेको महासंघले जानकारी दिएको छ । सोमबार प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १२ सय ४५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता