रूपन्देहीमा लागुऔषधसहित तीन जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- १५ पौष बिहीबार, २०७८ | ११:२१:०० मा प्रकाशित

रुपन्देही । प्रहरीले लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–९ का २९ वर्षिय नारायण क्षेत्री, गैडहवा–८ का २० वर्षिय रेसम पुन र सोही स्थानका १९ वर्षिय सुजन पुन रहेको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यलय प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलका अनुसार गैडहवा–९ स्थित शेरबहादुर क्षेत्रीको घरमा लागुऔषधको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सूर्यपुरा र ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा लुकाई राखेको लागुऔषध फेला परेको हाे ।
घरका कोठाहरू खानतलासी गर्दा ब्राउन सुगर जस्तो धुलो पदार्थ अन्दाजी १५ ग्राम तौल भएको लागुऔषध तथा डिजिटल तराजु, मोबाइल ३ थान र नगद ६५ हजार ५ सय रुपैयाँसहित तीन जनालाई पक्राउ गरी उनले बताए । थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस