नेप्से पाँच अंकले वृद्धि, सुस्ताए शेयरबजारका लगानीकर्ता
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १५:१९:०० मा प्रकाशित

काठमाडौं । याे साता शेयरबजारमा उतारचढाव देखिएकाे छ । लगानीकर्ता पनि सुस्ताएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारका चौथो दिन आज बुधबार ५.५१ अंकको वृद्धि भएको छ । आज नेप्से ५.५१ अंकले बढेर दुई हजार पाँच सय २४ दशमलब ५० विन्दुमा पुगेको हो । मंगलबार नेप्से २.६६ अंकले घटेर दुई हजार पाँच सय १८ दशमलब ९९ विन्दुमा पुगेको थियो ।
त्यस्तै, कोरोबार रकममा भने बृद्धि भएको छ । आज ३ अर्ब ६२ करोड ३४ लाख बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब १२ करोड ५५ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत र नेपाल बंगलादेश बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।
आज नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्स शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलीटर लिमिटेडको भएको छ । यस कम्पनीको आज ५२ करोड ५५ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
प्रतिकृया दिनुहोस