बर्षा र हिमपातका कारणा हवाई उडान प्रभावित, विमानहरू ल्यान्ड गर्न नसक्दा आकाशमै होल्ड
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | ११:३५:०० मा प्रकाशित
काठमाडाैं । अहिलेे देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
मौसम खराब भएकाे कारण पर्वतारोहण, यातायात लगायत दैनिक जनजीवनमा समेत असर परेको छ । यसका साथै हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले प्रतिकूल मौसमका कारण हवाई उडानमा सामान्य प्रभाव परेको बताएका छन् । उनले आर्थिक न्युजसँग भने, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी तीन हजार रहेको छ । प्रतिकूल मौसमका कारण केही अन्तर्राष्ट्रिय विमानहरू ल्यान्ड गर्न नसकेर आकाशमै होल्ड समेत गर्नु परेको स्थिति भयो ।’
ल्यान्ड हुन नसकेपछि केही समय आकाशमै होल्ड भएपछि फ्लाई दुबईको ल्यान्ड गर्ने तयारी गरिएको समेत उनले जानकारी दिएका छन् । त्यस्तै, सिंगापुर एयरलाइन्स भने अवतरण गर्न नसकेर आकाशमै होल्ड भइरहेको समेत उनले बताए ।
अधिकांश हिमाली भेगमा हिउँ परेका कारण त्यहाँका विमानस्थलहरू बन्द रहेको प्रवक्ता ठाकुरले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस