बर्षा र हिमपातका कारणा हवाई उडान प्रभावित, विमानहरू ल्यान्ड गर्न नसक्दा आकाशमै होल्ड
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | ११:३५:०० मा प्रकाशित

काठमाडाैं । अहिलेे देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
मौसम खराब भएकाे कारण पर्वतारोहण, यातायात लगायत दैनिक जनजीवनमा समेत असर परेको छ । यसका साथै हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले प्रतिकूल मौसमका कारण हवाई उडानमा सामान्य प्रभाव परेको बताएका छन् । उनले आर्थिक न्युजसँग भने, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी तीन हजार रहेको छ । प्रतिकूल मौसमका कारण केही अन्तर्राष्ट्रिय विमानहरू ल्यान्ड गर्न नसकेर आकाशमै होल्ड समेत गर्नु परेको स्थिति भयो ।’
ल्यान्ड हुन नसकेपछि केही समय आकाशमै होल्ड भएपछि फ्लाई दुबईको ल्यान्ड गर्ने तयारी गरिएको समेत उनले जानकारी दिएका छन् । त्यस्तै, सिंगापुर एयरलाइन्स भने अवतरण गर्न नसकेर आकाशमै होल्ड भइरहेको समेत उनले बताए ।
अधिकांश हिमाली भेगमा हिउँ परेका कारण त्यहाँका विमानस्थलहरू बन्द रहेको प्रवक्ता ठाकुरले बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस