राजनीति

१४ सांसद, निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडाैं । सर्वोच्च अदालतमा नेकपा एमालेले निष्कासन गरेको माधवकुमार नेपालसहित १४ सांसद, निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सोमबार सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ तोकिएको थियो ।

एमाले अध्यक्ष केपी ओलीले पार्टीले कारबाही सिफारिस गरेका १४ सांसद, सभामुख, निर्वाचन आयो र लम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट सोमबार पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको सर्वोच्चले जनाएको छ ।

गाउँ सहर संवाददाता