ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १२ पौष सोमबार, २०७८ | १२:३६:०० मा प्रकाशित

एजेन्सी । ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ । अष्ट्रेलियामा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको हाे ।
अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट सोमबार ८० वर्षका एक पुरुषको मृत्यु भएको एजेन्सीले जनाएकाे छ । मृतकले पूर्ण कोभिड लगाएका र अन्य स्वास्थ्य समस्यासमेत रहेको रोइटर्स समाचार माध्यमले जनाएको छ । उनी पश्चिमी सिड्नीस्थित एक वृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको समाचारमा उल्लेख गरिएकाे छ ।
पछिल्लो समय अष्ट्रेलियामा कोभिड-१९ का संक्रमित बढ्न थालेका छन् । सबैभन्दा धेरै जनसंख्या रहेको न्यू साउथ वेल्समा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबार उक्त राज्यमा ६ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार हालसम्मकै उच्च अर्थात् ६ हजार ३९४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो ।
आजदेखि न्यू साउथ वेल्समा नयाँ प्रतिबन्धात्मक नियम लागू गरिएको छ । बार र रेष्टुरेन्टमा हरेक २ वर्ग मिटरको दूरीमा एक व्यक्ति बस्न पाउने लगायतका नियम लागू गरिएको समाचारमा उल्लेख गरिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस