गाउँ सहर

बागमती प्रदेशमा जागिरकाे अवसर (सूचीसहित)

काठमाडाैं । बागमती प्रदेश लोक सेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

लोक सेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरी सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन निकालेकाे हाे ।

आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो । आगामी माघ २ गतेभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएकाे छ ।

गाउँ सहर संवाददाता