तीस किलाे ५ सय ग्राम गाँजा सहित दुई जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | १६:३५:०० मा प्रकाशित
मकवानपुर । प्रहरीले अवैध लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेकाे छ । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ३० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका-२ बस्ने ३४ वर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका-३ बस्ने ३९ वर्षीय मुकेश राउत थारु रहेका छन् । हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको एनएल ०१ सी ३६५४ भारतीय नम्बर प्लेटको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा ३ वटा पोकामा गाडीको सिटमुनि लुकाई ल्याएको उक्त गाँजा सहित गाडी चालक मण्डल र गाडीमा सवार थारुलाई पक्राउ गरेको हाे ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस