उर्जाशील युवा नेतृत्वमा राप्रपा भरपर्दो विकल्पको रुपमा स्थापित हुन्छ : लावती
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | ०९:२८:०० मा प्रकाशित
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले उर्जाशील युवा नेतृत्वको बलमा राप्रपा भरपर्दो विकल्पको रुपमा जनतामाझ स्थापित हुने बताए ।
‘राप्रपाले नयाँ, युवा नेतृत्व प्राप्त गरे लगत्तै पार्टीको पक्षमा लहर सिर्जना भएको छ । बास्तवमा राप्रपा चर्चाको केन्द्रबिन्दूमा छ । नयाँ राप्रपाले केही गर्छ भन्ने जनअपेक्षा छ । यही लहर र उर्जाको बलमा राप्रपा जनतमाझ स्थापित हुनेछ,’ राप्रपाका केन्द्रीय सदस्य लावतीले भने ।
‘दुई सय वर्षभन्दा बढी समय सम्पन्न प्रजातान्त्रिक अभ्यासले सम्वर्द्धनवाद उत्कृष्ट राजनीतिक दर्शन रहेको स्थापित गरेको छ,’ कुम्मायक गाउँपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै लावतीले भने ।.jpg)
‘अठारौं शताब्दीको अन्त्यतिर फ्रान्स र बेलायतमा बिजारोपण भएको यो दर्शन मूलतः राजसंस्था, धर्म, संसदीय प्रजातन्त्र र नीजि सम्पत्तिको सम्वद्र्धन, प्रवद्र्धनमा आधारित छ । विश्वका उन्नत प्रजातन्त्र, समृद्ध, समावेशी समाजहरु राजा सहितको प्रजातन्त्र अनुकूल व्यवस्थामा अभ्यस्त छ,’ उनले भने ।
पछिल्लो समय नेपालमा धर्म, सँस्कृति, परम्परा, सम्पदा नास्ने गलत कार्य भएको भन्दै नेता लावतीले यस्तो विचार प्रस्तुत गरेका हुन् । आयातित विचार र सँस्कारले देशलाई भड्खालोमा हाल्यो भन्ने उनको भनाइ थियो ।
सम्बोधन कै क्रममा आन्तरिक प्रतिस्पर्धा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै लावतीले एक ढिक्का भएर जनसम्पर्क र जनपरीचालनमा अग्रसर हुनु पर्नेमा जोड दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस