अंग्रेजी नयाँ वर्षमा आइएमईको उपहार योजना, जितौँ हजारौँ हजार
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | १७:५९:०० मा प्रकाशित
काठमाडौं । आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको छ ।
स्किम अनुसार सिस्टममा आधारित ‘ लक्की ड्र ’ मार्फत ४ देशहरुवाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले १० हजार रुपैयाँ उपहार स्वरूप प्राप्त गर्नुहुनेछ । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरु छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू. ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन् ।
कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न सक्नेछन् । उक्त योजना २३ डिसेम्बर २०२१ देखि ४ फेबुअरी २०२२ (८ पुष देखि २१ माघ २०७८) सम्म गरी जम्मा ४३ दिन अर्थात ६ हप्तासम्म कायम हुनेछ ।
विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आम संचार माध्यम मार्फत सार्वजनिक गरिनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस