गाउँ सहर
ललिता निवास जग्गा प्रकरण : सुवेदी दम्पती पक्राउ
- गाउँ सहर संवाददाता
- ७ पौष बुधबार, २०७८ | १६:२३:०० मा प्रकाशित
काठमाडाैं । ललिता निवासको जग्गा प्रकरणमा मुछिएका दम्पतीलाइ प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
उनीहरु ललिता निवास प्रकरणका मुख्य ठेकेदार (बिचौलीमा) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जनाएका छन् ।
उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको महतोले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस