इलाममा भेटियाे विश्वकै दुर्लभ सुन्दर पंक्षी हङरायो
- गाउँ सहर संवाददाता
- ७ पौष बुधबार, २०७८ | १२:५३:०० मा प्रकाशित
काठमाडाैं । इलाममा विश्वकै दुर्लभ चरा भेटिएकाे छ । उक्त चराकाे नामा हाे ‘हङरायो’ । झापाका चरा खोजकर्ता देवेन खरेलले इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मा उक्त चरा फेला पारेका हुन् । उनले एक जोडी भाले ‘हङरायो’ फेला पारेका हुन् । उनले उक्त चराकाे फाेटाे समेत क्यामेरामा कैद गरेका छन् ।
हङरायो धनेश समूहभित्र पर्ने सुन्दर पंक्षी रहेको उनले जानकारी दिएका छन् । नेपालीमा हङरायो नामले चिनिने उक्त पंक्षीको अँग्रेजी नाम ‘रुफस नेक्ड हर्नबिल’ हो भने वैज्ञानिक नाम 'एसाेराेस निपालेन्सिस' हाे । चरा विज्ञकाअनुसार नेपालमा डेढ सय वर्षयता उक्त चरा फेला परेका छैनन् ।
इलामको सूर्योदय नगरपालिका १ को सिमधाम भन्ने ठाउँको एक सय मिटरमा यो चरा भेटिएपछि उक्त क्षेत्रमा अन्य प्रजातिका चरा पनि फेला पार्न सकिने अनुमान गरिएको छ । हर्कटे कन्याम लगायतका क्षेत्रमा समेत केही समय अघि दुर्लभ चरा फेला पारेका उनले आफनो चाहना नै चरा खोज्ने भएको बताएका छन् ।
याे भन्दा पहिले पनि उनले नेपालका लागि दुर्लभ चरा हरित परेवा फेला पारेर रेकर्ड राखिसकेका छन् । उक्त चरा चुच्चोदेखि पुच्छरसम्म लम्बाइको चार फिटसम्म हुने गरेको छ । उनले भने ‘धेरै पटकको प्रयासमा फेला पारेको हुँ, यी क्षेत्रमा अन्य चरा पनि भेटिने सम्भावना छ ।’ याे चरा हेर्दा सुन्दर छ । यसलाई नेपालबाट लोप भएका पंक्षीहरुमा गणना गरिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस