सिक्री लुटेर भाग्दै गरेका तीन जना पेस्तोल र गोली सहित प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | १४:२२:०० मा प्रकाशित
नवलपरासी(पूर्व) । प्रहरीले सुनको सिक्री लुटेर भाग्दै गरेका तीन जनालाइ पेस्तोल र गोली सहित नियन्त्रणमा लिएकाे छ । गैंडाकोट नगरपालिका-१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका तीन जनालाई एक थान पेस्तोल र चार राउण्ड गोली सहित सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका-१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका-१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।
महिला पसलमा बसिरहेको अवस्थामा लु.४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका तीन जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्दा राम बहादुरलाई स्थानीयले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएकाे जनाइएकाे छ । उनीहरूलाइ खोजी गर्ने क्रममा गैंडाकोट नगरपालिका-१४ स्थित भाग्दै गरेको अवस्थामा संजय गुरुङको साथबाट उक्त हतियार फेला पारी संजय र आशिष समेतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस