सार्क ल नेपालले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | १३:२५:०० मा प्रकाशित
काठमाडाैं । सार्क ल नेपालले माग्यो प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेकाे छ ।
सार्क ल नेपाल सार्क राष्ट्रका न्यायाधीश, कानुन व्यवसायी, कानुनी क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको संस्था हो, जसको अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान आफैं छिन् भने अर्का न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयाल सदस्य छन् ।
जबराको राजीनामा माग गर्ने बैठकमा न्यायाधीश मल्ल उपस्थित भएर हिँडेकी थिइन् र बाँकी बैठक उपाध्यक्ष तुलसी भट्टको नेतृत्वमा बसेको थियो ।
बैठकले विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गरी न्यायालयको समग्र सुधारका लागि प्रधानन्यायाधीश नै बाधक देखिएको, न्यायालयको साख र जनआस्था वृद्धि गर्ने संवैधानिक दायित्वबाट विमुख भएको तथा न्यूनतम पदीय जिम्मेवारी, संवैधानिक आचरण र नैतिक एवं कार्यदक्षता नदेखिएको ठहर गरेको छ ।
न्यायिक नेतृत्वका लागि न्यायिक गुण तथा कार्यक्षमता, असल आचरण र व्यवहारको समेत अभाव भएकाले जबरा न्यायिक नेतृत्व गर्न असफल भएको सार्क ल नेपालको निष्कर्ष रहेकाे छ ।
जबराप्रति नेपाल बार एशोसिएसन, सर्वोच्च बार, न्यायकर्मीको विश्वास टुटेको, उनको उपस्थितिमा न्यायालय, संवैधानिक परिषद्, न्याय परिषद् तथा न्यायसेवा आयोगसमेत काम गर्न नसक्ने अवस्था आएको उल्लेख गरेको छ ।
सार्क ल नेपालले विज्ञप्तिमा भनेको छ, ‘यो वर्तमान जटिल अवस्थाको तत्काल अन्त्य गर्नका लागि प्रधान्यायाधीश चालेन्द्रशम्शेर जबराको तत्काल बर्हिगमन हुनुपर्ने देखिएकाले निजबाटै राजीनामा दिनु समग्र न्यायपालिकाको स्वतत्रता, स्वच्छ र निष्पक्षताका लागि उचित हुन्छ ।’
सार्क ल नेपालले जबराको बहिर्गमनका लागि संवैधानिक दायित्व निर्वाह गर्न संसद, राजनीतिक दल र सरोकारवालाहरुलाई अपील समेत गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस