माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | १०:५७:०० मा प्रकाशित
बागमती । लामो रस्साकस्सीबीच नेकपा (माओवादी केन्द्र)ले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुङ्गो लगाएको छ । गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । उनले १६२ मत ल्याए । पौडेलको प्रतिस्पर्धी दीनानाथ गौतमले ८६ मत ल्याएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।
यस्तै प्रदेश समितिको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी, सचिवमा इन्द्रबहादुर थिङ, सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा सङ्गीता भट्टराई निर्वाचित हुनुभएको निर्वाचन प्रमुख सुन्दरराज रेग्मीले जानकारी दिएका छन् ।
प्रदेश समितिमा नौ सदस्यीय पदाधिकारी रहने पार्टीको विधानमा व्यवस्था रहेको छ । प्रदेश समितिका सदस्यमध्येबाट पदाधिकारी छनोट हुने व्यवस्था विधानमा छ । यसअघि माओवादीको दुई भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको नेतृत्व चयन भइसकेको छ । गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ र कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी तथा उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा र सम्पर्क समन्वय प्रदेशको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन हुनुभएको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
प्रदेशको नेतृत्वका आकांक्षी बढी हुँदा नेतृत्व चयनमा ढिलाइ हुँदै आएको थियो । माओवादीले गत मङ्सिर २५ गते एकसाथ सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन सम्पन्न गरेको थियो ।
पाँच प्रदेशमा नेतृत्व चयन बाँकी
प्रदेश सम्मेलन सम्पन्न भएको १० दिन बितिसक्दा पनि माओवादीले अझै पाँच प्रदेशको नेृतत्व टुङ्गो लगाउन सकेको छैन । प्रदेश नं १, प्रदेश नं २, लुम्बिनी, सुदूरपश्चिम र प्रवास समिति नेतृत्वविहीन बनेका छन् । सकेसम्म सहमति नभए निर्वाचनको माध्यमबाट जतिसक्दो छिटो प्रदेश पदाधिकारीको टुङ्गो लगाउन पार्टी हेटक्वार्टरले निर्देशन दिएको मुख्यसचिव ढकालले जानकारी दिएका छन् ।
सेल, टोल, वडा, शाखा, महाशाखा, पालिका तथा प्रदेश सम्मेलन सम्पन्न गरेको माओवादीले यही पुस ११ देखि १३ सम्म राजधानीमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । सम्मेलनले पार्टीका क्रान्तिकारी कार्यदिशा तय गर्ने बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस