जबरजस्ती करणीको आरोपमा जेष्ठ नागरिक प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १६:५५:०० मा प्रकाशित
सोलुखुम्बु । सोलुखुम्बुकी एक २८ बर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा ओखलढुङ्गाका एक ज्येष्ठ नागरिकलाई पक्राउ गरिएको छ ।
सल्ल्यान गाउँपालिका–५ स्थित कालाखोप जङ्गलमा फरक क्षमता भएकी एक महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–७ गैरीडाँडाका ६६ वर्षीय पदमकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितले दिएको उजुरीका आधारमा मङ्सिर २९ गते श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
पीडित महिलामाथि पटक पटक जबरजस्ती करणी हुँदै आएको र उनी गर्भवती रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक ओम यादबले जानकारी दिएका छन् ।
आरोपित श्रेष्ठ माथि १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । प्रलोभनमा पारेर ती महिला माथि जबरजस्ती करणी हुँदै आएको खुल्न आएको छ ।
सोलुखुम्बु र ओखलढुङ्गाको सीमा क्षेत्रमा बसोबास गर्ने उनीहरू छिमेकी हुन् भने पीडित महिला अविवाहित हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस