जबरजस्ती करणीको आरोपमा जेष्ठ नागरिक प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १६:५५:०० मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुकी एक २८ बर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा ओखलढुङ्गाका एक ज्येष्ठ नागरिकलाई पक्राउ गरिएको छ ।
सल्ल्यान गाउँपालिका–५ स्थित कालाखोप जङ्गलमा फरक क्षमता भएकी एक महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–७ गैरीडाँडाका ६६ वर्षीय पदमकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितले दिएको उजुरीका आधारमा मङ्सिर २९ गते श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
पीडित महिलामाथि पटक पटक जबरजस्ती करणी हुँदै आएको र उनी गर्भवती रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक ओम यादबले जानकारी दिएका छन् ।
आरोपित श्रेष्ठ माथि १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । प्रलोभनमा पारेर ती महिला माथि जबरजस्ती करणी हुँदै आएको खुल्न आएको छ ।
सोलुखुम्बु र ओखलढुङ्गाको सीमा क्षेत्रमा बसोबास गर्ने उनीहरू छिमेकी हुन् भने पीडित महिला अविवाहित हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस