भारतबाट एक दिनमा ३० लाख ७२ हजारभन्दा बढी खोप नेपाल आइपुग्यो
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १६:४७:०० मा प्रकाशित
काठमाडाैं । भारतबाट एकै दिन कोभिसिल्ड र भेरोसेलको ३० लाख ७२ हजारभन्दा बढी कोरोनाविरुद्धको खोप (डोज) नेपाल आइपुगेको छ ।
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार सोमबार दिउँसो कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार ३८७ डोज खोप काठमाडौं आइपुगेको हो ।
भारतबाट १८ लाख ७० हजार पाँच सय डोज कोभिसिल्ड र चीनबाट १२ लाख १ हजार ८८७ डोज भेरोसेल खोप नेपाल आइपुगेको डा. चौरसियाले जानकारी दिएका छन् ।
कोभिसिल्ड कोभ्याक्स सुविधाअन्तर्गत र भेरोसेल खोप एशियाली विकास बैंकको ऋण सहयोगमा चीनबाट नेपाल सरकारले खरिद गरिएको हो ।
सोमबार बिहान मौसम खराबिका कारण जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता भएको थियो । तर, सोमबार दिउँसो ३ बजे उक्त खोप पुनः आएको चौरसियाले जानकारी दिए ।
नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १७ लाख ५६ हजार ७६३ मात्रा खोप लगाइसकिएको छ ।
कुल जनसङ्ख्याको ३९ .८ प्रतिशतले एक मात्रा र ३१ .८ प्रतिशले पूर्ण मात्रा खोप लगाएका छन् ।
त्यस्तै लक्षित जनसङ्ख्याको ६० .७ एक मात्रा र ४८ .४ पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस