सत्तारुढ गठबन्धनकाे बैठक बालुवाटारमा सुरू
- गाउँ सहर संवाददाता
- ४ पौष आइतबार, २०७८ | १५:४२:०० मा प्रकाशित
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्ने भएपछि त्यसको तयारीका लागि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो ।
यो बैठकले प्रधानमन्त्रीद्वारा बोलाइएको सर्वदलीय बैठकमा प्रस्तुत हुने रणनीतिबारे तयारी गर्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका प्रतिनिधि पनि सहभागी छन् ।
बैठकले गत भदौ २३ गतेदेखि संसदमा एमालेले गरेको अवरोध खुलाउने विषयमा छलफल गर्ने भएको छ ।
त्यसैगरी अमेरिकी परियोजना एमसीसीबारे पनि बैठकमा साझा धारणा बनाउने तयारी छ । सत्ता साझेदार माओवादीले आफ्नो राष्ट्रिय सम्मेलनअगाडि एमसीसी संसदमा अघि बढाउन नहुने अडान लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
प्रतिकृया दिनुहोस