सत्तारुढ गठबन्धनकाे बैठक बालुवाटारमा सुरू
- गाउँ सहर संवाददाता
- ४ पौष आइतबार, २०७८ | १५:४२:०० मा प्रकाशित
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्ने भएपछि त्यसको तयारीका लागि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो ।
यो बैठकले प्रधानमन्त्रीद्वारा बोलाइएको सर्वदलीय बैठकमा प्रस्तुत हुने रणनीतिबारे तयारी गर्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका प्रतिनिधि पनि सहभागी छन् ।
बैठकले गत भदौ २३ गतेदेखि संसदमा एमालेले गरेको अवरोध खुलाउने विषयमा छलफल गर्ने भएको छ ।
त्यसैगरी अमेरिकी परियोजना एमसीसीबारे पनि बैठकमा साझा धारणा बनाउने तयारी छ । सत्ता साझेदार माओवादीले आफ्नो राष्ट्रिय सम्मेलनअगाडि एमसीसी संसदमा अघि बढाउन नहुने अडान लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस