रामेछाप पुगेर ढकालले भने- स्थानीय खानी सञ्चालनमा निजी क्षेत्रलाई संलग्न गराइयोस्
- गाउँ सहर संवाददाता
- ३ पौष शनिबार, २०७८ | १८:५१:०० मा प्रकाशित
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका विभिन्न स्थानमा रहेका तर सञ्चालनमा आउन नसकेका या कुनै कारणले बन्द रहेका खानीहरु एवं स्थानीय कृषि उपजलगायतमा निजी क्षेत्रलाई पनि संलग्न गराइ अघि बढ्न सके स्वदेशी उत्पादनको प्रवद्र्धन र कलकारखानाको विकासमा सघाउ पुग्ने बताएका छन् ।
रामेछाप उद्योग वाणिज्य संघको १४औँ वार्षिक साधारणसभाको मन्थलीमा उद्घाटन गर्दै उनले स्थानीय स्तरमा रहेका फलाम, शिशा, कोइलालगायतका खानीहरु कुनै बन्द तथा कतिपय निकै रुग्ण अवस्थामा रहेकाले तिनको सञ्चालन गर्न सुझाव दिँदै यी खानीहरुको सञ्चालनका लागि निजी क्षेत्रलाई पनि संलग्न गराउनुपर्ने बताए ।
रामेछापको ठोसेमा रहेको फलाम खानी अहिले बन्द अवस्थामा रहेकाले त्यसलाई सञ्चालनमा ल्याउन र त्यसमा निजी क्षेत्रलाई संलग्न गराउन पनि उनले माग गरे ।
उनले भने– 'पहिले सञ्चालनमा रहेको सो खानीबाट फलाम निकालेर हातहतियार लगायत उत्पादन गर्ने गरिएकोमा अहिले बन्द हुनु राष्ट्रकै लागि क्षति हो, म यस खानी तत्काल सञ्चालनमा ल्याउन नेपाल सरकारलाई माग गर्दछु र यस्ता खानीहरुको सञ्चालनमा निजी क्षेत्रलाई पनि संलग्न गरेर लैजान पनि माग गर्दछु ।'
साथै कार्यबाहक अध्यक्ष ढकालले स्थानीय स्तरका उत्पादन र तिनको औद्योगिकीकरण एवं बजारीकरणमा पनि निजी क्षेत्रलाई संलग्न गराउने खालका नीति नियमहरुमा आवश्यक परिमार्जन गरी अघि बढ्न सकेमा यसबाट राष्ट्रिय उत्पादकत्वमा धेरै सहयोग पुग्ने धारणा पनि राखे ।
उनले भने– 'जस्तो कि रामेछापमा नै जुनारलगायतका कृषि उत्पादनहरुको ठूलो सम्भावना छ तर कृषकहरुको फुट्कर उत्पादनले यथोचित बजार पाउन सकेको छैन, त्यसैले यस्ता कृषि उपजलाई संस्थागत उत्पादन र बजारीकरणमा निजी क्षेत्रको संलग्नताले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्नेछ ।'
हरेक उत्पादनशील क्षेत्रमा व्यवसायिकताको विकास गर्नुपर्ने उनको सुझाव थियो । कार्यबाहक अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको अर्थपूर्ण सहभागिताले मात्र देशमा समृद्धि हासिल हुने धारणा राखे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस