कृषि विकास बैंकद्वारा २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
- गाउँ सहर संवाददाता
- २ पौष शुक्रबार, २०७८ | १४:१८:०० मा प्रकाशित

काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको पुस १ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।
यस्तै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए । सरकारले लगानी गरेको करिब साँढे पाँच अर्बको लगानीबाट हरेक वर्ष ६ प्रतिशत लाभांश लैजाने गरेको छ ।
बैंकले घोषणा गरेको लाभांश वाणिज्य बैंकहरुमा तेस्रो ठूलो लाभांश हो । नबिल बैंक र हिमालयन बैंकले मात्र कृषि विकास बैंकभन्दा धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।
यसअघि अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट बैंकले प्रतिशत १५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकले प्रस्ताव गरेको लाभांश ५.२७ प्रतिशत बढी हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस