कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा आङदेम्बे निर्वाचित
- गाउँ सहर संवाददाता
- १ पौष बिहीबार, २०७८ | २२:१८:०० मा प्रकाशित
काठमाडौं । कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् ।
प्रतिस्पर्धी विकास लामालाई ७९८ मतान्तरले हराउँदै आङ्देम्बे निर्वाचित भएका हुन् ।
विजयी आङ्देम्बेले २ हजार ७११ मत पाए भने लामाले १ हजार ९१३ मत ल्याए । तर मतपरिणाम औपचारिक घोषणा बाँकी छ ।
०७० को भएको संविधानसभा निर्वाचनमा पाँचथरको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित आङ्देम्बे संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएर काम गरेका थिए । हाल उनी कांग्रेसको अनुशासन आयोगका संयोजक हुन् । राजनीतिक घरानाका नेता आङ्देम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका भएका थिए । पराजित लामा सिन्धुपाल्चोकका पूर्वजिल्ला सभापति हुन् ।
महिला सहमहामन्त्रीमा भने महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । उनी शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी कमला पन्तलाई हराउँदै विजयी बनेकी हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस