राजनीति
महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्रीले बुझाए राजीनामा
- गाउँ सहर संवाददाता
- १ पौष बिहीबार, २०७८ | १६:०१:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।
रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर राजीनामा बुझाएका हुन् ।
रिजालले ८०९ मत प्राप्त गरेका छन् ।
यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घाेषणा गरेका थिए ।
रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस