अर्थतन्त्र

बिहीबार उकालाे लाग्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।  बुधबार छापावाल सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

छापावाल सुन प्रति १० ग्राम ७९ हजार सात सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन प्रति १० ग्राम ७९ हजार तीन सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँ कायम भएको महसंघले बताएको छ ।

गाउँ सहर संवाददाता