काठमाडौंको तापक्रम ३.२ डिग्रीमा झर्यो, भोलिबाट थप चिसो बढ्ने
- गाउँ सहर संवाददाता
- १ पौष बिहीबार, २०७८ | ०७:३४:०० मा प्रकाशित
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण चिसो बढ्ने भन्दै सर्तक रहन आग्रह गरिएको छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने भएकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन भिागले आग्रह गरेको छ ।
आज यो वर्षको आजसम्मको चिसो दिन हो । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ ।
“बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “दिउँसो काठमाडौं उपत्याकामा तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म पुग्नेछ ।” उनका अनुसार काठमाडौंमा आज दिउँसो मौसम सफा रहने छ ।
यसैबीच, तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । बिहानको समयमा लागेको कुहिरो दिउँसोसम्म हट्ने जल तथा तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसैबीच, भोलिबाट थप चिसो बढ्ने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण चिसो बढ्ने भन्दै सर्तक रहन आग्रह गरिएको छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने भएकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन भिागले आग्रह गरेको छ ।
“पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण २०७८ पुस २ गते (शुक्रबार) बिहानबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको,” विभागले विशेष बुलेटिन जारी गर्दै भनेको छ, “सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ ।”
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस