चालु आर्थिक वर्ष २०७८/७९ को चार महिनामा नेपालमा भित्रिने रेमिट्यान्स ७.५ प्रतिशतले घट्याे
- गाउँ सहर संवाददाता
- २९ मङ्सिर बुधबार, २०७८ | १८:१५:०० मा प्रकाशित
काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को चार महिनामा नेपालमा भित्रिने रेमिट्यान्स ७.५ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार मुलुकको चार महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै रेमिट्यान्स घटेको जानकारी दिएको हो ।
समीक्षा अवधिमा तीन खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रकम रेमिट्यान्सको रुपमा भित्रिएको छ, जुन गत आर्थिक वर्षको तुलनामा ७.५ प्रतिशतले न्यून हो । गत आवको सोही अवधिमा यस्तो रकम ११.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आइ दुई अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम ६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत- नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भइ ९६ हजार ३८२ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भइ ५९ हजार ७२३ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस