स्वास्थ्य

काेराेना अपडेट : थप १८४ जनामा कोरोना संक्रमण पुष्टि, २६७ जना संक्रमणमुक्त

काठमाडौं । देशमा पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

बिहीबार २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ५२६ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा ७ हजार २३० पीसीआर तथा ३७८८ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता