पूर्वअध्यक्ष कमल थापामाथि अनुशासनको कारवाही गर्न देशभरीका कार्यकर्ताकाे माग
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | १५:३२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मूल सैद्धान्तिक आधारस्तम्भ राजसंस्था विरुद्ध विष वमन गरेको भन्दै पूर्वअध्यक्ष कमल थापामाथि अनुशासनको कारवाही गर्न देशभरीका कार्यकर्ताले माग गरेका छन् ।
राजसंस्था र हिन्दु राष्ट्र अनुकूल महाधिवेशनको म्याण्डेट लत्याउने कुचेष्टा गरेको, निर्वाचन संयोजक हरीबहादुर बस्नेत सहित निर्वाचन समितिलाई विवादमा तान्ने दुष्प्रयास गरेको भन्दै थापालाई नसिहत दिनुपर्ने माग राप्रपाभित्र व्यापक बनेको छ ।
पार्टी सुत्रका अनुसार, अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर, फोन गरेर र खुला पत्र लेखेर यस्तो दवाब दिनेहरु हजारौं छन् । देश भित्रबाट मात्र नभएर विदेशमा रहने राप्रपाका समर्थक र शुभचिन्तकहरु पनि थापाको पयालनवादी हर्कतबाट आजित छन् ।
राप्रपाका भूपू अध्यक्ष थापा, राप्रपाको मूख्य सैद्धान्तिक स्तम्भ संवैधानिक राजसंस्था प्रतिकुल गएको भन्दै युवा नेता विशाल विक्रम शाहले आपत्ति जनाएका छन् । राप्रपाको लेटरप्याड दुरुपयोग गरेर राजसंस्था र हिन्दुका मुद्दा कमजोर बनाउने थापाले दुष्प्रयास गरेको शाहको ठहर छ ।
यसै सन्दर्भमा अमेरिकाबाट अध्यक्ष लिङदेनलाई पत्र लेख्दै थापामाथि छानविन गरी कारवाही गर्न उनले माग गरेका छन् । चुनाव हारेर गैरजिम्मेवार रुपमा राप्रपालाई कमजोर बनाउन थापा लागीपरेको भन्दै शाहले चिन्ता र चासो प्रकट गरेका हुन् ।
राप्रपाको फेसबुक पेजमा राखिएको एक सुचनाले धेरै कुरा प्रष्ट पारेको छ । ‘कमल थापाले राजा धर्म ६५ करोडमा बेचेको सूचना छ, छानविन गरेर कारवाही गरौ,’ उक्त सार्वजनिक अपिलमा भनिएको छ ।
‘पार्टीको लेटरप्याड दुरुपयोग गर्दै, कमलजीले सर्वोच्च महाधिवेशन प्रतिनिधिहरुको बेइज्जत गर्ने, संयोजक हरि बहादुर बस्नेतलगायत निर्वाचन समितिलाई दाग लगाउने दुष्कर्म गरेका छन्, उनको दिमागी हालतसमेत जाँच गरी स्पष्टीकरण सोधौ,’ अध्यक्ष लिङदेन प्रति लक्षित सामूहिक मागपत्रमा भनिएको छ ।
कतिपयले थापाको अप्रजातान्त्रिक रवैया र मानसिक स्वास्थ्यलाई लिएर टिप्पणी गरेका छन् ।
नवनिर्वाचित केन्द्रीय सदस्य गोविन्द खडायत भन्छन्, ‘चुनावी हारले गर्दा मानसिक सन्तुलन गुमाउने खतरा देख्दै छु म काजी सापको ।’
राप्रपाका युवा नेता राजीव लामिछाने भन्छन्, ‘राजेन्द्र लिङ्देललाई निर्मल निवासले भोट हालेर विजयी गराएको होइन, राप्रपा भित्रका परिवर्तनकारी कार्यकर्ताहरुले भोट हालेर विजयी गराएका हुन । कुनै अमुक यथास्थितिवादीले हार्दैमा निर्मल निवासमाथि छानबिन गर्नुपर्छ भन्नु पागलपन हो । प्रजातान्त्रिक पद्धतिमा यस्तो कुराको कुनै तुक छैन ।’
केन्द्रीय सदस्य विन्दा गिरी भन्छन्, ‘गलत मान्छेलाई नेता मानेका रहेछौं । आज हामीले नेतृत्व परिवर्तन गरेर पार्टी एजेन्डा र आम कार्यकर्तालाई न्याय ग¥यौं ।’
नेताद्वय लावती र शर्माको संझना
अध्यक्ष लिङदेनसँग थापाले चुनाव हारेसँगै राप्रपा एवं राप्रपा नेपालका संस्थापक नेताद्वय पद्मसुन्दर लावती र रवीन्द्रनाथ शर्माको चर्चा राप्रपा वृत्तमा ह्वात्तै बढेको छ ।
नेताद्वय लावती र शर्माको मार्गचित्र बमोजिम राप्रपा लिकमा फर्र्किएको आम कार्यकर्ताको ठहर छ । शर्मा राप्रपा नेपालका संस्थापक अध्यक्ष समेत हुन् ।
लावती र शर्माको देनबारे महाधिवेशनपछि सम्पन्न केन्द्रीय समितिको प्रथम वैठकमा समेत चर्चा चलेको थियो । नेताद्वयका योगदानलाई पार्टीले संस्थागत रुपमा सम्मान र संस्मरण गर्नु पर्ने विचार वैठकमा प्रस्तुत भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस