गाउँ सहर

सुनका गरगहना सहित ६ लाख माथिकाे सामान चाेरी

 काठमाडाैं । गएराति नगद र सुनका गरगहना गरी ६ लाख बढीको सामान चोरी भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गएराति नगद र सुनका गरगहना गरी ६ लाख बढीको सामान चोरी भएको हाे ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, भित्रीढोका र दराजको ताल्चा फुटाई सुनका बाला, मङ्गलसूत्र, तिलहरी लगायत गरी रु छ लाख १७ हजार बराबरको धनमाल चोरी भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

चोरी भएको जानकारी पाउनासाथ प्रहरी चौकी भ्रमरपुरा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त प्रहरी टोलीले चोरी गर्नेहरूको खोजी गरिरहेको छ । महोत्तरीमा विगत दुई/तीन महिनादेखि चोरीको घटनामा निकै वृद्धि भएको  प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत