त्रिपाठीद्वारा नयाँ पार्टी ‘जप्रपा’ घोषणा
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | ११:५७:०० मा प्रकाशित

काठमाडाैं । पूर्वमन्त्री हृदयश त्रिपाठीले आज नयाँ दल घोषणा गरेका छन् । अाज राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।
पछिल्लो समय स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहेका त्रिपाठी एमालेसँग मिलेर चुनाव चिन्ह सूर्यबाट निर्वाचन जितेका सांसद समेत हुन् ।
त्रिपाठीले घोषण गर्न लागेको पार्टीको नाम जनता प्रगतिशील पार्टी (जप्रपा) नेपाल राखिएको स्रोतले जनाएको छ ।
दुई दिनअघि नै त्रिपाठीले पार्टीको नाम, झण्डा, लोगो र दस्तावेज तयार भइसकेको जनाएका थिए ।
२०७४ सालको प्रतिनिधि सभा चुनावअघि त्रिपाठी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा क्रियाशील थिए । एमालेको चुनावचिन्हबाट चुनाव लड्नुअघि उनले राजपासँग सम्बन्ध विच्छेद गरेका थिए । पछिल्लो समय त्रिपाठी केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
प्रतिकृया दिनुहोस