दोस्रो चरणको चुनावमा प्रकाशमानले देउवालाई सघाउने, चाक्सीबारीमा भयो सहमति
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | ११:३९:०० मा प्रकाशित

काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा सभापतिका उम्मेद्वार बनेका प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा सहमति गरेका हुन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।
दोस्रो चरणको चुनावअघि सिंहलाई भेट्न देउवा उनको निवास चाक्सीबारीमा पुगेका थिए। दुई नेताबीच वार्तापछि दोस्रोचरणमा देउवालाई सघाउन सिंह सहमत भएका छन् ।
भेटमा देउवाले आफ्नो कमजवोरी सच्याउँदै पार्टीलाई सुधार गरेर लैजाने वचनबद्धता व्यक्त गरेका थिए । सिंहको समर्थनसँगै दोस्रो चरणको चुनावमा देउवाको दाबेदारी बलियो बनेको छ । पहिलो चरणमा चुनाव जित्न उनलाई ८२ भोट मात्र अपुग भएको थियो ।
सभापति जित्न प्रकाशमानको भोट निर्णायक रहेको थियो । जसमा देउवालाई साथ दिने सहमति भएको हो ।
स्रोतका अनुसार प्रकाशमानले देउवालाई सहयोग गरेबापत उनले सरकारमा हिस्सा पाउने भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्राप्त प्रतिक्रिया
लम्पसार बाद
थुक्क चाेरहरु । हिजाे सम्म शेर ब.काे खैराे खन्ने प्रकाशमान तेराे सक्कली हैशियर देखाई छाडिस हैन । अब तेरा बाउ समेकाे मेहनतले स्थापित कांग्रेसलाई रसातलमा पुर्याउने भइस । म ताेराे क्षेत्रकाे भएका कारण आज सम्म अरु कसैलाई भाेट नहाली कांग्रेसलाई भाेट हल्दै आएकाेमा अबका दिन देखि तँ र तेरा भिजिलान्तेहरुलाई भाेट हाल्ने छैन । अरुलाई पनि भाेट नहाल्न अनुराेध गर्दछु ।
प्रतिकृया दिनुहोस