गाउँ सहर
प्रहरीद्वारा ८ लाखको अवैध कपडा बरामद
- गाउँ सहर संवाददाता
- २७ मङ्सिर सोमबार, २०७८ | १६:०५:०० मा प्रकाशित

काठमाडाैं । सशस्त्र प्रहरीले भ्यानसहित अवैध कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको प्रहरी टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुरा खुर्दबाट आज बिहान ४ बजे भे १ च २६३९ नम्बरको भ्यानसहित १६६९ दर्जन लेडिज ब्रा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले जानकारी दिएका छन् ।
उक्त कपडाको अन्दाजी मुल्य ८ लाख १ हजार १२० रुपैयाँ रहेको एसपी बमले बताएका छन् ।
बर्दियाबाट आइरहेको भ्यान खजुरा खुर्दमा रोकिराखेको अवस्थामा चेकजाँचका गर्दा भ्यानमा अवैध कपडा बरामद गरेको हो ।
थप आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस