स्वास्थ्य

काेराेना अपडेट : थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि, ३७६ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ पुगेको छ ।

सोमबार ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ८२४ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा १० हजार ४१६ पीसीआर तथा २ हजार ८२० एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता