नेप्से ८० अंक भन्दा बढीले घट्दा शेयर लगानीकर्ता तनावमा
- गाउँ सहर संवाददाता
- २७ मङ्सिर सोमबार, २०७८ | १५:३६:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै ओरालो लागेको नेप्से अन्ततः करिब ८० अंक भन्दा बढीले घटेर बन्द भएको हो ।
आज नेप्से ७९.२३ अंकले घटेर दुई हजार २ सय ८२ दशमलब १ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज ३ अर्ब ९९ करोड ५६ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ३ अर्ब १९ करोडको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता ७७१.९० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज आठ शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर गुडवील फाइनान्स, आँखुखोला जलविद्युत, तेह्रथुम पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स र आइसीएफसी फाइनान्स रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको आज १८ करोड भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस