विश्व
राष्ट्रपति सिरिल रामाफोसा कोरोना भाइरसबाट संक्रमित
- गाउँ सहर संवाददाता
- २७ मङ्सिर सोमबार, २०७८ | ११:४६:०० मा प्रकाशित
एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनमा संक्रमणको मध्यम लक्षण देखिएको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। अहिले उनको उपचार भइरहेको छ ।
राष्ट्रपति रामाफोसामा आइतबार संक्रमण पुष्टि भएको हो । उनले आउँदो हप्तासम्मका लागि उपराष्ट्रपति डेविड माबुजालाई राष्ट्रपतीय अधिकार प्रदान गरेका छन् ।
अहिले विश्वका विभिन्न क्षेत्रमा फैलिरहेको र चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्ट पहिलोपटक दक्षिण अफ्रिकामा पहिचान भएको थियो। त्यहाँ महामारीको चौथो लहर फैलिएको छ। देशका २५ प्रतिशतले मात्रै खोपको पूर्ण मात्रा लगाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस