कांग्रेस वरिष्ठ नेता पौडेलले महाधिवेशनमा मतदानमा नगर्ने
- गाउँ सहर संवाददाता
- २७ मङ्सिर सोमबार, २०७८ | ०८:३०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन् ।
काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिने भएका हुन् ।
पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । उनी पनि सभापतिका आकाङ्क्षी थिए । तर सहमति जुट्न नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएपछि मतदानमा नै सहभागी नहुने घोषणा गरे ।
पौडेल रुष्ट भएपछि देउवा उनको निवास पुगेका थिए । देउवालाई आफूलाई सहयोग गर्न वा अरूहरूको पक्षमा नखुल्न आग्रह गरेका थिए । देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
सभापति पदमा प्रतिस्पर्धा नगरेका बरिष्ठ नेता पौडेलले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका छैनन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस