कांग्रेस महाधिवेशनस्थलमा मत माग्ने शैली : चिठीदेखि झाँकीसम्म (फोटोकथा)
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | १६:५८:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन भृकुटीमण्डमा जारी छ । चुनावको सरगर्मीले महाधिवेशनस्थल पूरै तातेको छ । बिहानैदेखि उम्मेदवारहरू प्रतिनिधिहरूसँग भोट माग्नका लागि खटेका छन् । अझ उम्मेदवारभन्दा पनि उनीहरूका नजिकका कार्यकर्ताहरू भाेट माग्न व्यस्त छन् ।
मत माग्ने पनि आ-आफ्नै शैली छन् । चिठी बाँड्नेदेखि झाँकीसम्म छन् ।
प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पनि बिहानैदेखि प्रतिनिधिहरूसँग भोट माग्न व्यस्त छन् । उनले आजको खाना पनि महाधिवेशनस्थलमै खाएका छन् ।
यतिबेला भृकुटीमण्डपमा एकातिर मतदानस्थल निर्माणको काम धमाधम भइरहेको छ भने कार्यकर्ताहरु उम्मेदवार बनेका आफ्ना नेताहरुको प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवारहरू पनि मतदातालाई रिझाउन प्रतिनिधिहरूसँग हात जोड्दै हिँडिरहेका छन् ।
कांग्रेसको नेतृत्वमा को छानिने भनेर भोलि बिहान ८ बजेदेखि मतदान हुनेछ । सभापतिमा शेरबहादुर देउवा र शशांक कोइराला प्यानल नै बनाएर केन्द्रीय दौडमा छन् भने विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले पनि सभापति पदमा दाबेदारी प्रस्तुत गरेका छन् ।
थप तस्बिरहरू :

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस