नेप्से परिसूचक ८८ अंक घट्दा शेयर लगानीकर्तामा रूवाबासी !
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | १६:०२:०० मा प्रकाशित
काठमाडाैं । गत साताको मंगलबारदेखि ओरालो लागेको नेप्सेले साताको पहिलो कारोबार दिन पनि निरन्तर ठूलाे अंकले गिरावट हुँदा लगानीकर्तामा रूवाबासी नै चलेकाे छ । ३२ सय नाघिसकेको नेप्से करिब चार महिनाको अवधिमा घटेर २३ सय बिन्दुको लाइनमा झर्दा भरखर भरखर दाेस्राे बजारमा पसेका लगानीकर्ताहरू अत्तालिएका छन् ।
आज अर्थात आइतबार नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको छ । यससँगै नेप्से करिब ११ महिनाको न्यून विन्दुमा पुगेको छ । यसदिन २२८ कम्पनीको ४९ हजार ७१० पटकको कारोबारमा ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको ७२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आइतबार १३ वटै उपसमूहको परिसूचक घटेका छन् ।
भरखर भरखर दाेस्राे बजारमा प्रवेश गरेका लगानीकर्ता राजु खतिवडा आइतबारकाे नेप्सेमा गएकाे पहिराेले अत्तालिएका छन् । खतिवडाले भने- 'हुर्नु न म त भरखर भरखर शेयरबजारमा पसेकाे एक वर्ष पनि भएकाे छैन । पाँच वर्ष विदेशमा दुख गरर कमाएकाे पैसा यता हालियाे अहिले नाफा त कता हाे कता साँवा पनि आधाले घटिसक्याे । परिवारका सदस्यले जग्गामा हाल भन्दाभन्दै यता लागियाे अहिले घर न घाटकाे हुन लागिसकेँ । रूदँ पनि कहाँ हिड्नु बिजाेगै बनायाे नि शेयर शेयर भन्दा ।'
खतिवडा त एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता शेयरबजारमा नवप्रवेशीदेखि पुराना खेलाडीहरूसमेत यतिबेला अलमलमा छन् ।
कारोबार रकमका आधारमा यस दिन मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ । यस दिन कम्पनीको १९ करोड ७७ लाख ४० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावर र नबिल बैंकको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
यस दिन युनिलिभर नेपाल र स्वाभिमान लघुवित्तको शेयरमूल्य २ प्रतिशत बढेको छ ।
यस दिन नयाँ सारथी लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेका छ ।
शेयर बजारमा लगानीगर्ने अधिकाश लगानिकर्ताहरुले गुमाएका छन । नेपाल राष्ट बैंकले २०७८/७९ को मौद्रिक निति सार्बजनिक भएदेखि नै शेयर बजार ओरालो लाग्न सुरु भएको थियो । बीचमा केही सुधारीन खोजेपनि बजार घट्ने क्रमले निरन्तरता पाइरह्यो ।
अहिलेको बिभिन्न कम्पनिहरुले लाभाश घोषणा गरिरहेको समयमा शेयरबजार बढ्न पर्नेमा झन घटिरहेका छ । लगानिकर्ताहरुको आत्मबल कमजोर हुँदा शेयरबजारमा नयाँ लगानिकर्ताहरु प्रबेश गर्न सकिरहेका छैनन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्राप्त प्रतिक्रिया
२०६४ - माओबादी २०७० - ए. माओबादी २०७४ - ओइ माओबादी २०७९ - खोई माओबादी ?? No Vote .
Yeta news padhdai ha ha ko react dirahexan ta
प्रतिकृया दिनुहोस