कांग्रेस १४औँ महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय बढाइयो
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | ११:४४:०० मा प्रकाशित

काठमाडाैं । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी फिर्ता लिने समय बढाइएको छ । आइतबार बिहान ११ बजेसम्म रहेको उम्मेदवारी फिर्ता लिने समय मध्याह्न साढे १२ बजेसम्म बढाइएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले आइतबार सूचना जारी गर्दै आज साढे १२ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको हो। समितिको निर्णयबमोजिम उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा फिर्ता लिने समय आज दिनको १२ः३० बजेसम्म कायम गरिएको सूचनामा उल्लेख गरिएको छ।
महाधिवेशनमा १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । अहिलेसम्म प्रदेश २ क्लस्टरमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जगीलाल यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले उम्मेदवारी फिर्ता लिएसँगै प्रदेश २ बाट दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
कांग्रेस सभापतिको लागि ६ जनाको उम्मेदवारी परेको छ । वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह र शेखर कोइरालासँगै कल्याण गुरुङ र युवराज न्यौपाने सभापतिमा उम्मेदवारी दिएका हुन् ।
निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाएको छ । महाधिवेशनअन्तर्गत मतदान भने सोमबार बिहान ८ बजेदेखि हुने निर्वाचन समितिले बताएको छ । मतदान राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा हुने व्यवस्था गरिएको छ। महाधिवेशनमा कांग्रेसका ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस