‘ए’ डिभिजन लिग अन्तर्गत आज थ्री स्टार र एपीएफ भिड्दै
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | ०९:०८:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र एपीएफबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
थ्री स्टार आज दोस्रो जितको खोजीमा हुनेछ । थ्री स्टार ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ । एपीएफलाई हराएर थ्री स्टार शीर्ष पाँचमा उक्लन चाहन्छ ।
थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १-० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
यता, एपीएफ भने पहिलो जितको खोजीमा हुनेछ । एपीएफले ३ खेल खेल्दा अंक जोड्न सकेको छैन ।
एपीएफ पुछारमा रहेको छ । तर, एपीएफ थ्री स्टारलाई हराएर पहिलो अंक जोड्न चाहन्छ ।
एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ दोस्रो खेलमा च्यासल युथसँग १-० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४-१ ले पराजित भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस