नेपाली कांग्रेसको १४औँ महाधिवेशनः उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म
- गाउँ सहर संवाददाता
- २५ मङ्सिर शनिबार, २०७८ | ०८:३९:०० मा प्रकाशित
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । तर संस्थापनइतर समूहले उम्मेदवारी मनोनयनको केही घण्टा बाँकी छँदासम्मपनि सभापतिकाे साझा उम्मेदवार तय गर्न सकेको छैन ।
शुक्रबार उद्घाटनसत्र सकिएलगत्तै रामचन्द्र पौडेल समूहका नेताहरु छलफलमा जुटे पनि साझा उम्मेदवार तय गर्न नसकेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले इतर समूहबाट सभापतिमा दाबी गरेका छन् । सिंह र कोइरालाले त सभापतिको प्रचारसमेत तीव्र बनाइरहेका छन् ।
संस्थापन समूहबाट प्रधानमन्त्रीसमेत रहेका वर्तमान सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्ने निश्चित छ । तर अरु केही पदाधिकारीमा समूहले पनि टुंग्याउन बाँकी छ ।
उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा हुनेछ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
यस्ताे छ तालिकाः

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस