गाउँ सहर

देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि, ३३७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत