गगन थापाद्वारा महामन्त्री पदमा उम्मेदवारी घाेषणा
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | १६:५२:०० मा प्रकाशित
काठमाडाैं । गगन थापाले नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घाेषणा गरेका छन् । उनले उम्मेदवारी घाेषणा दिँदै कांग्रेस चुहिएको प्वाल टाल्ने पार्टी रहेको बताएका छन् ।
कांग्रेस नेताहरुले पटकपटक निर्वासन, जेल, यातना भोगेको उल्लेख गर्दै एउटा विचार बोकेको आधारमा सत्ताले यातना दिने प्रचलन नेपालमा रहेको बताएका छन् ।
नेपालमा कांग्रेसको राजनीति गर्नेहरुले ‘म’को बारेमा होइन, ‘हामी’को बारेमा सोचेको उल्लेख गरे। ‘त्यही भएर नेपाली कांग्रेसको सिद्धान्त ‘हामीभित्र म’ रहेको उनले उल्लेख गरे ।
उनले भने- ‘म महामन्त्री हुन्छु/हुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पुर्याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी दिएको हुँ ।’
नेपाली कांग्रेसको समुचित प्रयोग गरेर हाम्रै जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्नेमा आफूलाई विश्वास रहेको उनले बताएका छन् ।
आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री भएकामा बधाई दिँदै पाँच वर्ष कार्यकाल काम गर्न शुभकामना दिएको तर त्यस्तो हुन नसकेको बताए ।
‘जुन खालको अस्थीरताको बीचमा अहिले हामी छौँ, लोकतान्त्रिक संस्थाहरु एकपछि अर्को कमजोर बनेका छन्, सोचेभन्दा ठीक उल्टो भएको छ, निराशा छ, छटपटाहट छ,’ उनले कार्यक्रममा बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
प्रतिकृया दिनुहोस