खेल
यु-१९ क्रिकेट : नेपाल र बंगलादेश एकै समूहमा
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | ११:५६:०० मा प्रकाशित
काठमाडौं । आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ ।
एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन् ।
समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन् । प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।
नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । यस्तै १३ पुसमा कुवेतसँग खेल्ने तालिका छ ।
प्रतियोगिताको लागि नेपाली टोलीले तयारी तीब्र बढाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस