शिव हुमागाईकाे सह-महामन्त्रीमा दाबी, काभ्रेबाट सर्वसम्मत निर्णय
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | १६:१४:०० मा प्रकाशित
काभ्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, श्रमिक एबम ट्रेड युनियन बिभागीय प्रमुख शिवप्रसाद हुमागाईले सह-महामन्त्री पदमा उम्मेद्वारी दिने भएका छन् ।
हुमागाई पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्री पदको उमेदवार बन्ने भएका छन् ।
जिल्ला कार्यसमिति काभ्रेको निर्णयसँगै आफू सहमहामन्त्रीको उमेदवार बन्ने हुमागाईंले गाउँसहरसँग बताए ।
आज बिहान सभापति तिर्थ लामाकाे सभापतित्वमा बसेको कांग्रेस काभ्रे जिल्ला कार्यसमितिको बैठकले हुमागाईंलाई सहमहामन्त्रीको सर्वसम्मत उमेदवार बनाउने निर्णय गरेको छ । हुमागाईं काभ्रेका हुन् ।

काभ्रे जिल्ला कार्यसमितिमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलानिकट समूह विजयी भएको थियो । हुमागाईं सिटौलानिकट मानिन्छन् । कांग्रेस काभ्रेमा देउवानिकट सभापति छन् ।
श्रमिक एबम ट्रेड युनियन बिभागीय प्रमुखकाे रूपमा काम गरेकाले युवा र श्रमिककाे लागि सम्मानजनक राेजगारीकाे अवसर सिर्जना गर्न अहिलेकाे आवश्यक रहेकाे उनको भनाइ छ । राष्ट्रियता र जनजीविकाका मुद्दामा कांग्रेस खराे उत्रन आवश्यक रहेकाे बताउँदै सह-महामन्त्री पदकाे जिम्मेवारीमा रहेर काम गर्न चाहेकाेले पहिलेकाे भूमिकाको मूल्याङ्कन गर्दै सहमहामन्त्रीको जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस