सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई जनही १३ वर्ष जेल सजाय, १ लाख जरिवाना
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | १३:५१:०० मा प्रकाशित

काठमाडाैं । सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई जनही १३ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तोकेको छ । जिल्ला अदालत नवलपरासीले सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई जनही १३ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तोकेको हाे ।
जबर्जस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ वर्ष गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले जानकारी दिएका छन् ।
सजाय पाउनेमा सुस्ता गाउँपालिका-३, फेनरहवाका सुरेन्द्र यादव, मनमोहन राजभर, शिवप्रसाद भर, भीमलाल मुसहर, सन्दिपप्रसाद यादव, राजु भनिने भीमबहादुर मुसहर, नेत्रबहादुर चौधरी, पिन्टु राजभर र अमरनाथ भेडियार छन् ।
०७६ भदौ २२ गते पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-३ बस्ने १८ वर्षीया युवतीलाई उनीहरूले सामूहिक बलात्कार गरेका थिए। एक स्थानीय संस्थामा कार्यरत युवती आफ्ना साथीसँग मोटरसाइकलमा काममा जाँदै गर्दा युवतीलाई बाटो कुरेर बसेको समूहले उखुबारीमा लगेर सामूहिक बलात्कार गरेको युवतीको बयानमा उल्लेख छ ।
बाटो ढुकेर बसेका १० जनाको समूहले घेरा हालेर युवती चढेको मोटरसाइकल कब्जामा लिई सामूहिक बलात्कार गरेको युवतीले बयान दिएकी थिइन् ।
चार जनाले युवतीलाई मोटरसाइकलमा राखेर लैजाने युवालाई बाँधेर राखेका थिए भने बाँकी छ जनाले युवतीलाई उखुबारीमा लगेर सामूहिक बलात्कार गरेका थिए । अन्य चार जनाले पनि पछि बलात्कार गरेको बयानमा उल्लेख छ ।
दस जनाले जबर्जस्ती करणी गरेपछि बेहोस भएकी युवतीको अस्पताल ल्याएपछि मात्रै होस खुलेको थियो ।
युवतीसँगै गएका युवाले प्रहरीलाई खबर गरेपछि त्यसै दिन ९ जना पक्राउ परेका थिए । घटनामा संलग्न एक जना भने हालसम्म पनि फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएकाे छ ।
जबर्जस्ती करणी ठहर भए ७ देखि १० वर्ष र सामूहिक ठहर भए थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सोमबार गरेको कैद सजायसँगै जनही १ लाख रुपैयाँ जरिवानास्वरूप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको श्रेस्तेदार पौडेलले बताएका छन् ।
घटनामा संलग्न त्यसै गाउँका सागर चौधरी भने हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
१९ देखि ४० वर्ष उमेर समूहका उनीहरू सबै युवतीको गाउँनजिकै अर्को गाउँका भएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस