काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेता कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन् । उनी सिटौलालाई भेट्न चण्डोलस्थित सिटौला निवास पुगेका हुन् ।
आगामी १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्न नेता पौडेल सिटौलालाई भेट्न पुगेका हुन् । पौडेल पक्षका केन्द्रीय सदस्य बद्री पाण्डेका अनुसार सिटौलालाई फकाउन उनी बैठकबाट निस्केका हुन् ।
जवाफमा सिटौलाले आफ्नो पक्षले छलफल गरेपछि मात्रै बाँकी कुरा गर्ने बताएका थिए । उनीहरूबीच करिब आधा घण्टा छलफल भएको थियो ।
छलफलपछि नेता पौडेल आफ्नै निवास फर्किसकेका छन् । साझा उम्मेदवार छान्नका लागि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाएको बैठकमा सभापतिका दाबेदारहरू नै नआएपछि अलपत्र बनेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस