उपल्लो डोल्पाको विद्यार्थीहरुको लागि ज्योति विकास बैंकको सहयोग
- गाउँ सहर संवाददाता
- १६ मङ्सिर बिहीबार, २०७८ | १७:१५:०० मा प्रकाशित

काठमाडाैँ। ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँ स्थित श्री यान्जेर गुम्बा विद्यालयको विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एच डी आई) को “प्रोजेक्ट ज्योति” मार्फत् रु. दुई लाखको आर्थिक सहयोग प्रदान गरेको छ।
ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गरेका थिए।
एच डी आईले सो रकम बाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विधुतिय माध्यम द्वारा चार्ज हुने बत्तीहरू प्रदान गरेको छ। सो बत्तीहरूले विधुतीय सेवाबाट बञ्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्नेछ।
प्रोजेक्ट ज्योति नाम दिइएको यस परियोजनामा एच डी आई र राष्ट्रिय आविष्कार केन्द्रको संगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरि जडान गरिने छ। सो पावर वालले विद्यार्थीहरुलाई दिनभर बत्ती चार्ज गर्ने सुविधा प्रदान गर्ने छ। एच डी आई नेपालका हिमाली क्षेत्रका जनताका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाहरू प्रदान गर्ने गैरसरकारी संगठन हो।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएमवटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस