गाउँ सहर

बझाङमा २५ किलाे चरेससहित महिला पक्राउ

बझाङ । बझाङ प्रहरीले चरेससहित एक जना महिलालाइ पक्राउ गरेकाे छ ।  बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् ।

सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताएका छन् ।

गाउँ सहर संवाददाता