नाडाको नेतृत्व चयनमा बुटवलका व्यवसायीहरुद्वारा थापा समूहलाई पूर्ण समर्थन
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | १८:३३:०० मा प्रकाशित

बुटवल । लुम्बिनी अटोमोबाइल एसोसिएसनका अध्यक्ष गणेश भट्टराईको प्रमुख आतिथ्यमा लुम्बिनी क्षेत्रको सम्पूर्ण अटोमोबाइल व्यवसायीको भव्य सहभागितामा मिति २०७८–०८–१२ गते बुटवलमा ध्रूव थापा समूहलाई भव्यताका साथ स्वागत गरी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
नाडाको चुनाव नजिकिएसँगै थापा समूहको देशव्यापी अन्तरक्रिया कार्यक्रम तीव्र भएको छ । घराना व्यवसायी चौधरी समूहको करण चौधरी विरुद्ध उम्मेद्वारी दिएका ध्रुव थापा प्यानललाई दुगड समूह, वैद्य अर्गनाइजेसन, जगदम्बा ग्रुप, विशाल ग्रुप, केडीया अर्गनाइजेसन, लक्ष्मी समूह, आईएमई समूह, अग्नी समूह, ज्योति समूह, पञ्चकन्या ग्रुपआदि जस्ता घराना व्यवसायीहरुको समर्थन रहेको छ ।
थापा समूहबाट सदस्यपदका उम्मेद्वार नारायण प्रसाद पौडेल ( राजन ) ले सञ्चालन गरेकाे कार्यक्रममा ध्रूव थापाले सम्पूर्ण उम्मेद्वारहरुको परिचय गराए पश्चात् आधिकारिक रुपमा सुरुवात भएको थियो । उक्त कार्यक्रममा लायन्स क्लब अफ बुटवलका पूर्व गभर्नर तथा फोर स्क्वार अटो वर्कसपका मालिक महेन्द्रनारायण श्रेष्ठले थापा समूहलाई पूर्ण समर्थन रहेको बताउँदै शुभकामना व्यक्त गरेका थिए ।
लुम्बिनी अटोमोबाइल एसोसिएसनका अध्यक्ष गणेश भट्टराईले प्रत्याशी थापालाई हाम्रो सम्पूर्ण व्यवसायीहरुको समर्थन रहेको र चुनावमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै कोरोनाको महामारीबाट गुज्रिरहेको हालको विषम परिस्थितिमा सहकार्य गरेर नाडाको समिति निर्माण गर्दा राम्रो हुने थियो भन्ने धारणा पनि प्रस्तुत गरे ।
लुम्बिनी क्षेत्रका अटोमोबाइल व्यवसायीहरुको भारी उपस्थिती रहेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेद्वार ध्रुव थापाले अब नाडामा व्यवसायी मैत्री वातावरणको सृजना गर्ने र नाडाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न विविध गोष्ठीको आयोजना गर्ने पनि जानकारी दिँदै नाडाको नीतिगत सुधारका लागि सरकारसँग प्रभावकारी संवाद गर्न छुट्टै समितिको निर्माण गरी सशक्त रुपमा अघि बढ्ने कुरा बताए ।
सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका व्यवसायीहरुको पूर्ण उपस्थिती रहेको देखिन्थ्यो । करिब १५० भन्दा बढी संख्यामा उपस्थित रहेका व्यवसयीहरुले थापा समूहले साना, मझैला तथा घराना व्यवसायीहरुलाई समेट्दै इतिहास मै पहिलो पल्ट महिलालाई पनि समेटेर समूह निमार्ण गरेको भन्दै थापा प्यानललाई बुटवल व्यवसायीहरुको पूर्ण समर्थन रहने र चुनावमा भेट दिएर जिताउने बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस