गाउँ सहर
बस दुर्घटना चालककाे मृत्यु, आठ जना घाइते
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | १०:४४:०० मा प्रकाशित

कास्की । अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बस दुर्घटना भएको छ । दुर्घटनामा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल रहेका छन् । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिएका छन् ।
उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ ।
पोखराबाट बागलुङ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको बस बिहान अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३ पाउदुरमा दुर्घटनामा परेको हो । बस सडकभन्दा तल अन्दाजी ३० मिटर तल पुगेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस